मुख्यमन्त्रीले भने : कानून विपरीत कर नउठाउनुस्

“
बुटवल, भाद्र १५ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले त्यहाँका स्थानीय सरकारलाई आफूखुसी जनतासँग कर नउठाउन आग्रह गरेका छन् ।
आफूखुसी कर बढाएको र यसबाट जनताहरु मारमा परेको आलोचना बढ्दै गएपछि आलोचना बढेको भन्दै मुख्यमन्त्री पोख्रेलले सचेत हुन र आफूखुसी कर नबढाउन त्यहाँका स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।
‘स्थानीय सरकारले आफूखुसी कर बढाएको भन्दै अदालतमा मुद्धा समेत पर्ने गरका छन् ।’ मुख्यमन्त्री पोख्रेलले भने । उनले संविधान र कानुनको ख्याल नगरी हचुवाको भरमा कर बढाउँदा स्थानीय तहप्रति जनताको वितृष्णा बढ्दै जाने बताए ।
उनले कर असुल्ने मात्र नभइ जनतालाई दिनुपर्ने सेवा सुविधामा गुणात्मक सुधार गरेर जनतालाई खुशी बनाइ स्वतःस्फुर्त कर तिर्ने संस्कृतिको विकासमा ध्यान दिन स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
उनले कर तथा राजस्व दर तय गर्नुअघि जनतासंग सघन छलफल गर्न र उनीहरुको चित्त बुझाएर दर तय गर्न सुझाव दिएका छन् ।
“








