विराटनगरको किन्डरपिलर प्रि–स्कूलका बालबालिका यसरी बने राधा र कृष्ण

विराटनगर, भदौ १५ । श्रीकृष्ण जन्मअष्टमी आउँदो आइतबार मनाइने भएपनि विराटनगर बरगाछी स्थित किन्डरपिलर प्रि–स्कुलका बालबालिकाले आज नै भगवान श्रीकृष्ण र राधा बनेर जन्मअष्टमी मनाएका छन् ।

उनीहरुले कृष्ण र राधाको पहिरन लगाएर तथा पुजा गरेर श्री कृष्ण जन्मअष्टमी मनाएका थिए । आफ्नो धर्म तथा चाडपर्वलाई बालबालिकासम्म परिचय गराउन उक्त कार्यक्रम राखिएको स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिइन् ।

अमेरिकन फम्र्याटमा विराटनगरमा सञ्चालित उक्त स्कुलले बालबालिकाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *