सोलुखुम्बुको विभिन्न स्वास्थ्य सस्थांमा कर्मचारीको दरबन्दी रिक्त

सोलुखुम्बु, साउन ११ । सोलुखुम्बुमा जिल्ला स्वास्थ्य कार्यालय सहित विभिन्न कार्यलयमा गरी ४७ जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा १५ जनाको दरबन्दी रहेकोमा एक जना वरिष्ठ जनस्वास्थ्य अधिकृत , ल्याव असिसटेण्ट १ जना र नायव सुब्बा १ जनाको दरबन्दी रिक्त रहेको छ ।

जिल्ला अस्पतालमा २६ जनाको दरबन्दी रहेकोमा स्टाफ नर्स १, ल्याब टेक्निसियन १ र अहेब १ जना गरी ३ जनाको कर्मचारकिो दरबन्दी रिक्त रहेको कार्यालयले जनाएको छ । ग्रामिण क्षेत्रमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा दरबन्दि बमोजिमका स्वास्थ्यकर्मीको अभाव हुदा बिरामीहरुले भनेको समयमा उपचार पाउन सकेका छैनन् ।

स्वास्थ्य संस्थामा एक हेल्थ असिस्टेन्ट, दुई अहेव र दुई अनमिको दरबन्दि हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एमविविएस चिकित्सक सहित १० जनाको दरबन्दी
हुन्छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सुचना अधिकारी पवन लामाका अनुसार जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा रिक्त रहेका दरबन्दि पूर्ति एक वर्षदेखि हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *