१८ औँ एशियाली खेलकुदमा नेपाल जुडोमा पदक बिहिन

काठमाडौँ, भाद्र, १५ भाद्र । इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदक बिहिन भएको छ ।

आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका थिए । पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भएका छन् ।

पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जानकारी दिएको छ ।

बिहीबार दक्षिण एशियाली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोले हार व्यर्होनु परेको थियो ।

बुधबार दुई तथा बिहीबार तिन खेलाडीले पहिलो चरणमा नै हार व्यर्होनु परेको थियो । नेपालबाट जुडोमा आठ खेलाडीको सहभागिता रहेको थियो ।

यही भदौ २ गतेदेखि शुरु भएको एशियाली खेलकूद शनिबार समाप्त हुँदैछ । जारी प्रतियोगितामा नेपालले २९ खेलमा प्रतिस्पर्धा गरेको थियो । नेपालले प्याराग्लाइडिङमा एउटा मात्र रजत पदक जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =