सामाजिक सुरक्षा भत्ता बाड्न घर,घरमा

संखुवासभा, साउन ११ । संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता अन्तरगतको रकम घरघरमा गएर बितरण गर्न शुरु गरेको छ । नगरपालिकाका कर्मचारी र वडा अध्यक्षहरुले सामाजिक सुरक्षा भत्ता अन्तरगत अपाङ्ग, महिला विद्यवा तथा जेष्ठ नागरिक भत्ता वितरण गरेका हुन् । स्थानीय तहको निर्वाचन पछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता अन्तरगत अपाङ्ग, विद्यवा तथा जेष्ठ नागरिक भत्ता घर,घर मै पुगेर बितरण गरेका हुन् ।

सरकारले स्थानिय सरकारी स्वामित्वको बैंकमा सामाजिक शुरक्षा भत्ता जम्मा गर्ने प्रावधान ल्याएपनि यो प्रकृया झण्झटिलो भएकाले घर,घर मै गएर भक्ता बाँड्ने काम शुरु गरिएको चैनपुर नगरपालीकाले जनाएको छ । चैनपुर नगरपालिका कार्यालयमा ३ करोड ८३ लाख सामाजिक सुरक्षा भत्ता निकासा भएकोमा अहिले सम्म चैनपुर नगरपालीकाका ११ वटै वडाका वडा अध्यक्षहरुले ९८ प्रतिशत भन्दा बढि भक्ता बितरण गरिसकेको चैनपुर नगरपालीकाका मेयर भरत कुमार खत्रीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *