च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक : बार्सा र टोटनह्याम, रियल र रोमा एउटै समूहमा

“भदौ १५ । च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ । बिहीबार राति सार्वजनिक भएको ड्र मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको नयाँ क्लब युभेन्टस एउटै समूहमा परेका छन् । इटालियन क्लब युभेन्टस र म्यानचेस्टर युनाइटेडसँगै समूह एच मा भ्यालेन्सिया र योंग ब्वाइज रहेका छन् ।

यस्तै स्पेनिस च्याम्पियन बार्सिलोना र इंग्लिस क्लब टोटनह्याम एउटै समूहमा छन् । उनीहरु रहेको समूहमा पिएसभी एन्थोवेन र इन्टर मिलान पनि छन् ।

लगातार तीन सिजनदेखि उपाधि जित्दै आएको रियल मड्रिड समूह जी मा छ । यो समूहमा रोमा, सिएसकेए मस्को र भिक्टोरिया प्लजेन रहेका छन् । समूह चरणका खेलहरु आउँदो सेप्टेम्बर १८ देखि सुरु हुनेछन् ।

कुन समूहमा कुन टिम ?

समूह एः एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमुण्ड, मोनाको, क्लब ब्रुग

समूह बीः बार्सिलोना, टोटनह्याम, पिएसभी एन्थोवेन, इन्टर मिलान

समूह सीः पेरिस सेन्ट जर्मेन, नापोली, लिभरपुल, रेड स्टार बेलग्राडी

समूह डीः लोकोमोटिभ मस्को, पोर्तो, शाल्के, गालाटासारे

समूह ईः बार्यन म्युनिख, बेन्फिका, अजाक्स, एइके एथेन्स

समूह एफः म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, लियोन, होफेनहेम

समूह जीः रियल मड्रिड, रोमा, सिएसकेए मस्को, भिक्टोरिया प्लजेन

समूह एचः युभेन्टस, म्यानचेस्टर युनाइटेड, भ्यालेन्सिया, योंग ब्वाइज”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *