रेडियो नेपालका पहिलो गायक रिमालको निधन

२०७४ जेठ १५ गते

“काठमाडौँ, भदौ १५ । रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
उनको राति १ बजेर ७ मिनेट जाँदा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ ।
उनले आफ्नो निधनपछि कुनै किसिमको तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिएका छन् ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित