शुक्रबार झनै अकासियो डलरको भाउ

“काठमाडौँ, भदौ १५ ।अमेरिकन डलरको मुुल्य निरन्तर बढ्दै जाँदा नेपाली रुपैयाँ भने कमजोर बन्दै गएको छ । शुक्रबार पनि डलरको भाउ थप बढ्यो । यो अहिलेसम्मकै बढि हो ।
बिहिबार १ सय १३ रुपैयाँ २५ पैसा रहेको अमेरिकी डलरको मूूल्य शुक्रबार १ सय १३ रुपैयाँ ४९ पैसा पुुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १ सय १२ रुपैयाँ ८९ पैसा र बिक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा रहेको छ । युरापियन युरो एकको खरिददर १ सय ३१ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ३९ पैसा र बिक्रिदर ८२ रुपैयाँ ८३ पैसा रहेको छ । जापनिज यन एकको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ र बिक्रिदर ३१ रुपैयाँ १६ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रिदर ३० रुपैयाँ ९० पैसा तोकिएको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा र बिक्रिदर २७ रुपैयाँ ६२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रिदर १० रुपैयाँ २३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ७४ रुपैयाँ ९९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ २९ पैसा र बिक्रिदर ३ सय रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सबै हेर्नुहोस्
“








