ब्लड क्यान्सर पिडित दिपेश श्रेष्ठलाई आर्थिक सहयोग

“
धरान, भाद्र १४ । ब्लड क्यानसर भई उपचारत्त रहनुभएका धरानका युवा दिपेश श्रेष्ठलाई आर्थिक सहयोग गर्नै हातहरु अगाडी बढेका छन् ।
तत्कालीन नेकपा माओवादीका युवा संगठन वाइ सीएल पुर्व केन्द्रीय सदस्य तथा अखिल क्रान्तीकारी पुर्व सुनसरी जिल्ला सदस्य दिपेश श्रेष्ठलाई ब्लड क्यान्सर भई भरतपुरको क्यानसर अस्पतालमा उपचारत रहेका श्रेष्ठलाई आर्थिक सहयोग गर्ने हातहरु बढ्दै गएका हुन् ।
श्रेष्ठको उपचारका लागि सबैतिर सहयोगको लागी अनुरोध भइरहेको छ । सहयोगकै क्रममा आज धरानका समाजसेवी तथा नेताहरुले श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग गरेका छन् ।
धरानका मनोज भट्टराईबाट १० हजार अशोक राईबाट ३ हजार,विजय तामाङ बाट ३,हजार,विश्वबन्धु ताम्राकारबाट २५ सय,लक्ष्मी प्रधान २ हजार,अइन्द्र विक्रम बेघाबाट १ हजार,कमल चोङवाङ बाट १ हजार,सुदर्शन श्रेष्ठ बाट १ हजार,सन्दीप शाक्यबाट १ हजार र ज्योति मेन्याङ्बो बाट १ हजार गरी कुल २५ हजार ५ सय रुपैया सहयोग गररेका हुन् ।
श्रेष्ठको उपचारार्थ सहयोगार्थ मोवाईल नम्बर ९८०३३४८५०२ मा सम्पर्क गर्न परिवार स्रोतले जानकारी दिएको छ ।
“








