उद्यमशिलताबाट राष्ट्र निर्माणमा अग्रसर कलकल हर्वल (भिडियो सहित)


“
काठमाडौं, भाद्र १४ । समुन्नत राष्ट्र निर्माणको लागि उद्यमशिलता भन्ने मूल नाराका साथ स्थापना भएको स्वदेशी उद्योगको नाम हो कलकल ग्रुप प्रा.लि. । स्वदेशी बस्तुलाई प्रयोग गरेर आम जनताको स्वास्थ्य र सौन्दर्यमा निखार ल्याउन प्रतिबद्ध कलकल ग्रुप प्रा.लि. पौराणीक शहर भक्तपुरमा अवस्थित छ ।
यति बेला लाखौँ दक्ष युवाहरू स्वदेशमा रोजगार नपाएर विदेशीन बाध्य छन् । त्यत्ति कै मात्रामा उच्च शिक्षाकै लागि विदेशीने र विदेशमै सेटल हुने युवा जमातको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । यसरी रोजगारीकै लागि लाखौं खर्च गरेर विदेशिएका दक्ष जनशक्तिलाई स्वदेशमा पनि सामुहिक लगानी गरेर आत्मनिर्भर हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि कलकल ग्रुप प्रा.लि.को स्थापना भएको हो ।
कलकल ग्रुप प्रा.लि.ले उद्यमशिलतालाई प्राथमिकतामा राखेर नेपालमै पाइने प्राकृतिक जडीबुटीको उपयोग गर्न हर्वल उद्योगको स्थापना गरेको छ । अहिले कलकल ग्रुप अन्तर्गत शुद्ध प्राकृतिक जडिबुटीको प्रयोगबाट निर्मित बहुउपयोगी हर्वल साबुन उत्पादन भइरहेको छ ।
जीवन विज्ञान केन्द्र र विभिन्न सामाजिक अभियानमा आबद्ध यो समूहले स्वदेशमा रहेका विभिन्न जडीबुटीलाई प्रसोधन गरी मानव स्वास्थ्यका लागि उपयोगी वस्तुहरूको उत्पादन, प्रसोधन र ब्यवसायीकरण गर्ने गरेको छ ।
अहिले बजारमा विभिन्न प्रकारका सौन्दर्य प्रसाधनका साबुनहरु उपलब्ध रहेको छन् । विभिन्न मुलकबाट आयात गरिएका यस्ता साबुनहरु शतप्रतिशत प्राकृतिक बनस्पतिबाट बनेका हुँदैनन् । तर, कलकल ग्रुपद्वारा उत्पादित साबुनहरु शतप्रतिशत प्राकृतिक जडिबुटीबाट तयार पारिएको छ ।
नेपाल प्राकृतिक रुपमा संसारकै धनी राष्ट्रका रुपमा परिचित भएपनि हामीले हाम्रै देशको प्राकृतिक जडीबुडीलाई प्रयोग गर्न पाइरहेका छैनौं । यसको मुख्य कारण भनेको हामीले स्वदेशी उत्पादन र प्राकृतिक वस्तुहरुलाई बजारसम्म ल्याउन सकिरहेका छैनौं । यस्तो अवस्थामा कलकल ग्रुपले स्वदेशी जडीबुटीलाई प्रयोग गरेर उत्पादन गरेको कलकल साबुन प्रयोग गर्दा हामीलाई वास्तविक प्राकृतिक शक्तिको महशुष गराउँदछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत करुण पराजुली आफैँमा युवा हुन् । अस्ट्रेलियाबाट उच्च शिक्षासँगै व्यावसायिक दक्षता हासिल गरेर नेपालमै केही गरू भनेर आएका अधिकारी सँगै उनको टीमको प्रयासमा यो उद्योग स्थापना भएको हो । समाजमा छरिएर रहेका विभिन्न सामाजिक ब्यक्तित्वलाई एकत्रित गरी यो उद्योगको स्थापना गरिएको हो ।
७० जनाको समूहमा स्थापित यो उद्योगले अहिले बजारमा ल्याएको कलकल हर्वल साबुन अत्याधिक रुचाइदै गएको छ । शुद्ध प्राकृतिक जडीबुटीबाट उत्पादित यो साबुनले छालालाई मुलायम बनाउँछ । छालामा प्राकृतिक चमक ल्याउने यसका प्रयोग कर्ताहरुको दावि छ ।
केमिकल मिसाइएको साबुन प्रयोग गर्दा छाला तथा अनुहारमा विभिन्न समस्या देखापर्छ, त्वचामा अनेकौं रोगका समस्याहरु देखा पर्छन् । केमिकल मिसाइएको साबुनको विकल्पमा शुद्ध हर्बल पद्दतिबाट उत्पादित कलकल साबुन प्रयोग गरेको खण्डमा कुनैपनि छालाजन्य रोगको सामना गर्नुपर्दैन ।
स्थापनाको छोटो अवधिमै कलकल ग्रुपले उत्पादन गरेको साबुन शतप्रतिशत प्राकृतिक बस्तुहरुबाट उत्पादन गरिएको दावि गर्न सकिन्छ
कलकल ग्रुपद्वारा उत्पादित यो साबुन सर्वगुण सम्पन्न साबुन हो । यसमा निम, बदाम, जैतून, पुदिना, बेसार, अरण्डी, केशर, चन्दन, तुलसी, एलोभेरा जस्ता प्राकृतिक जडीबुटीको सम्मिश्रण छ । प्राकृतिक संम्रिश्रणबाट तयार गरीएकोले यसको प्रयोगमा कुनै साइड इफेक्ट पनि छैन । भने, साबुन शतप्रतिशत Animal Fat Free रहेको छ ।
हाल १ करोडको लगानीमा सुरु गरिएको यो उद्योगले निकट भविष्यमै अन्य प्रोडक्टहरु जस्तैः तोरीको तेल, लुुगाधुने सरफ, सेम्पो, बडी लोसन, हेयर ओयल जस्ता विभिन्न प्रकारका बहुउपयोगी बस्तुहरु उत्पादन गर्ने लक्ष लिएको छ ।
अहिले नेपाली बजारमा विभिन्न प्रकारका सौन्दर्य प्रसाधनका सामग्रीहरु उपलब्ध छन् । सबै सामग्रीहरु शतप्रतिशत शुद्ध र प्राकृतिक जडीबुटीबाट निर्माण गरिएको हुदैन । धेरैले शतप्रतिशत प्राकृतिक भनेर दावि गरेपनि अहिलेको अवस्थामा नेपालमा आएका अधिकांश उद्योगहरुले यो गुणस्तर मापन गरेका छैनन् । तर, स्थापनाको छोटो अवधिमै कलकल ग्रुपले उत्पादन गरेको साबुन शतप्रतिशत प्राकृतिक बस्तुहरुबाट उत्पादन गरिएको दावि गर्न सकिन्छ ।
संबृद्ध राष्ट्र निर्माणमा स्वदेशी उत्पादनको भूमिका महत्वपूर्ण हुन्छ । स्वदेशी उद्योग ब्यवसायलाई ब्यवसायीकरण गरी अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन सकेको खण्डमा नेपालको अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्दछ । यसका लागि राज्यले स्वदेशी उद्योगलाई प्रोत्साहन तथा सहुलियत दिन आवश्यक छ ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=oNlrfO-1Tnc&feature=youtu.be”
