नेपालगन्जका अस्पतालहरुमा रगतको अभाव

साउन ११, नेपालगंज । नेपाल रेडक्रस सोसाईटिले साउन १२ गतेका दिन रक्तसञ्चार दिवस मनाउने तैयारी गरीरहेकै बेला नेपालगन्जका अस्पतालहरुमा रगतको अभाब देखीएको छ । रगत अभावका कारण नेपालगन्जका ठुला अस्पतालमा उपचारका लागी आएका बिरामीहरु बिचल्लीमा परेका छन् । रगतको अभावका कारण नेपालगन्जका अस्पतालहरुमा उपचारका लागी आएका बिरामीका आफन्तहरु चिन्तित बनेका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाँकेद्धारा सञ्चालीत क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगन्जमा ए पोजेटिभ र ओ पोजीटिभ रगतको पुरै स्टक सकिएको छ । जसका कारण बिरामीका आफन्तहरु तनाबमा पर्ने गरेका छन् । सो रक्तसञ्चार केन्द्रले नेपालगन्जका सबै अस्पतालहरुका बिरामीको रक्त अभाव धान्दै आइरहेको छ । तर, रक्तसञ्चार केन्द्रमा ए पोजेटिभ र ओ पोजेटिभको रगत अभाव भएपछी बिरामीहरु तनाबमा आउने गरेका छन् । खास गरि हिमाली तथा पहाडी जिल्लाका बिरामीहरु सबैभन्दा मर्कामा परेका छन् ।
नजिकैका बिरामीहरुले रगत दिने ब्याक्ति उपलब्ध गराउन सकेपनी हिमाली तथा पहाडी जिल्लाबाट उपचारका लागी आएका बिरामीहरुले भने रगत दिने ब्याक्ति पनि नपाउँदा निकै निरास हुने गरेका छन् ।  नेपालगन्जको शिक्षण अस्पताल नेपालगन्ज, बेष्ट्रन अस्पताल नेपालगन्ज र भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचाररर्थ बिरामीहरु रगत नपाउँदै आफन्तको ज्यान जाने डरले तनाबमा परेका छन् । अन्य ग्रुपका रगत रक्तसञ्चार केन्द्रमा प्रसस्त मात्रामा भएपनि ए पोजेटिभ र ओ पोजेटिभको भने अभाव कायमै रहेको छ । रुकुम रोल्पा दैलेख जाजरकोट लगाएतका स्थानबाट उपचारका लागी आएका बिरामीका आफन्तहरुले आफुहरु बढि पिडित बनेको गुनासो गरेका गरेका छन् ।
पछिल्लो समय निर्बाचनको माहोलसँगै बर्खायाम पनि लागेकोले रक्तदाताहरु निर्बाचनमा केन्द्रित हुनुका साथै कामका लागी खेतवारीमा ब्यस्त हुनुपरेका कारण रक्तसञ्चार केन्द्रमा केही ग्रुप रगतको सामान्य अभाव श्रृजना भएको नेपाल रेडक्रस सोसाईटि क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मिले बताउनुभयो । बाईट : उपेन्द्र रेग्मी प्रमुख क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगन्ज बर्खायामसँगै बिरामीको सँख्यामा पनि बृद्धि भएका कारण पनि रगतको अभाब देखीनु स्वभाबिक भएको रेग्मिको भनाइ छ । अभाबलाई पुर्ति गर्नका लागी रक्तदान गर्नका लागी सर्बसाधारणलाई अपिल समेत गरिएको रेग्मिले बताउनुभयो । नेपालगन्जमा रहेको रक्तसञ्चार केन्द्रबाट हाल बार्षिक १२ हजारको हाराहारीमा रगत संकलन हुनुका साथै सोही परिमाणमा बाहीर जाने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *