नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएकाे भन्दै चुडामणी र कमलाकाे मुद्दा दायर
२०७४ जेठ १५ गते

“
काठमाडाैं, भाद्र १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो बुधबार नक्कली शैक्षिक प्रमाणापत्र पेश गरी नेपाल प्रहरीमा जागिर खाएका प्रहरी नायव निरीक्षक चुडामणी के.सी.काे मुद्दा विशेष अदालतमा दायर गरेकाे छ ।
प्रहरी प्रधान कार्यालय काठमाडाैंमा कार्यरत केसीले माध्यमिक शिक्षा परिषद, क्षेत्रिय कार्यालय वाराणसी, भारतबाट प्राप्त गरेको ईण्टरमिडियट सरहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा जागिर खाएकाे प्रमाणित भएपछि अदालतमा मुद्दा दायर गरेकाे जनाएकाे छ । उनले प्रहरी सहायक निरीक्षकमा नियुक्ति लिइ प्रहरी नायव निरीक्षक पदमा बढुवा समेत भइ लाभ लिएका थिए ।
उनलार्इ साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर भएको देखिन आएकोले सजायका लागि अदालतमा पेश गरिएकाे अायाेगका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।
यसैगरी बालज्योति निम्न माध्यमिक विद्यालय साँडेपानी, कैलालीका शिक्षिका कमला कुवँरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै परेकाे उजुरीमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश,बोर्ड अफ हाईस्कुल एण्ड ईण्टरमिडियट एजुकेशन, भारतबाट प्राप्त गरेको माध्यमिक तहको नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी जागिर खाएकाे देखिएकाे भन्दै अाराेपपत्र दायर गरिएकाे छ । उनले प्रा. वि. राहत कोटाको शिक्षक पदमा नियुक्ति लिइ लाभ लिएको देखिन आएको अख्तियारले जनाएकाे छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








