बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुको राष्ट्रपतिसँग भेटवार्ता

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भाद्र १४ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका ६ वटै मुलुकका विशिष्ट पाहुनाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका छन् ।
उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए ।
आजै शुरु हुने शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी हुनुहुनेछ ।
बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित