बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको आगमन, थाइल्याण्डका आउन बाँकी

काठमाडौं, भाद्र १४ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको आवागमन भएको छ । चौथो विम्स्टेक शिखर सम्मेलनमा भाग लिन हसिना नेपाल आइपुगेकी हुन् । उनी नेपालमा पहिलो पटक आएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् ।

उनको जन्म सन् १९४७ सेप्टेम्बर २८ मा पूर्वी बङ्गालको तुन्जीपारा भन्ने ठाउँमा भएको थियो ।

यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि काठमाडौं आइसकेका थिए । मंगलबार सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति यु विन मिन्ट आइसकेका छन् ।

बुधबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान–ओ–छा काठमाडौं आइसकेका छन् ।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा आउन बाँकी छन् । उनी पनि केही बेरमा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *