भारतीय प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा, राजधानीकाे सुरक्षा ब्यवस्था कडा


“
काठमाडौं, भाद्र १४ । चौथो विम्स्टेक शिखर सम्मेलनका लागि भारतिय प्रधानमन्त्री नेपाल आइपुगेका छन् । मोदीलाई रक्षा मन्त्री इश्वर पोख्रेलले त्रिभुवन अन्तराष्ट्रिय विभानस्थलमा स्वागत गरेका छन् ।
आजदेखि राजधानीमा शुरू हुने चौथो बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
मोदी विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पूजा अर्चना पछि उनी सम्मेलन स्थल सोल्टीमोड जानेछन् ।
मोदी प्रधानमन्त्री भएयता तेस्रो पटक नेपाल आइपुगेका हुन् । उनी यस अघि गएको मे महिनामा नेपाल आएका थिए ।
मोदीको आगमनसँगै राजधानीको सुरक्षा ब्यवस्था कडा बनाईएको छ । अहिले एयरपोर्ट, सिनामंगल, तिनुकने, गौशाला, सिंहदरबार, माइतिघर मण्डला लगायतका स्थानमा यातायात आवागमनमा रोक लगाइएको छ । अाज र भाेली उपत्यकाका तीन जिल्लाका शैक्षिक संस्था बन्द गरिएकाे छ ।
सम्मेलनकाे उद्घाटन अाज दिउसाे तीन बजे हुनेछ ।”
