नेपाली खेलाडी दोस्रो चरणमा

काठमाडौँ, ११ साउन । इण्डोनेसियामा जारी पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

एसियाली ब्याडमिन्टन संघको आयोजनामा भएको सो च्याम्पियनसीपमा नेपालका प्रफूल महर्जन र रुकेश महर्जन दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

कम्बोडियाका डिना साओमलाई २१–११ र २१–८ अङ्कले पराजित गर्दै प्रफूलले दोस्रो चरणमा प्रवेश गरेका हुन् । उनले अब इण्डोनेसियाका फतुरामान फौजीसँग प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका सचिव नवीन विक्रम शाहले जानकारी दिनुभयो ।

रुकेशले मंगोलियाका मेन्देब्यर बात्सुकलाई २१–८, २१–७ अङ्कले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन् । उनले अब श्रीलंकाका रसिन्दु हेन्देवासँग प्रतिस्पर्धा गर्नेछन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *