‘मेरी मामु’ को धरानमा प्रिमियर


“
धरान, भाद्र १४ । भदौको १५ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘मेरी मामु’ को प्रिमियर गरिएको छ । मेरी मामुको हिजो बुधबार धरान स्थित गोर्खा सिने फ्लेक्समा रेड कार्पेट गरिएको हो ।
सन्तोष सेनको निर्माणमा तयार भएको सो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको यो चौथो फिल्म हो ।
फिल्ममा बालक आमा छोरा विचको मायालाई विशेषरुपमा उठान गरिएको फिल्म हेरेका सञ्चारकर्मीहरुले प्रतिकृया दिएका छन् । सौतेनी आमाको दुब्र्यहारबाट पिडित बालकको पिडा र आफ्नी आमा प्रतिको मायालाई चलचित्रले उठान गरेको छ । चलचित्रमा बाल कलाकार आयुब सेनलाई फिचरिङ गरिएको छ ।
प्रिमियरमा चलचित्रका निर्देशक यम थापाले भने ‘एउटी आमाले छोरालाई तुलसीमा पानी हाल भन्दा मान्दैन । तर, जब उसकी आमाको निधन हुन्छ उसले दैनिक तुलसीको बोटमा पानी हाल्छ । फिल्मले आमाको अभावमा बालकले भोग्नुपरेको पिडा दर्शाईएको छ ।’
सन्तोष सेनको निर्माण रहेको फिल्मको मुख्य भूमिकामा आफनै ७ बर्षिय छोरा आयुब सेनले अभिनय गरेका छन् । फिल्ममा उनीसँगै सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका रहेको छ ।
निर्माता सेनले आफूले छोराको फिल्मका लागि करोड लगानी नगरेपनि आयुबलाई चलचित्रका लागि ६ महिनादेखि प्रशिक्षणमा राखेको बताए ।
निर्माता सेनको जन्मदिन पारेर प्रिमियर शो गरिएको थियो । उक्त शो बाट उठेको रकम सामाजिक कामका लागी बी टु पी ईन्टरटेन्टमेन्ट नामक संस्थालाई प्रदान गरिएको छ ।
“
