पुलिस मार्ने धम्की दिएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगोविरुद्ध मुद्दा

भदौ १४ । केही समय अगाडि मात्र भ्रष्टाचार जारी राखे मिडियाकै सामु राष्ट्रिय पुलिसहरुलाई लाइनमा राखेर मार्ने धम्की दिएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो विरुद्ध मुुद्दा परेको छ । सर्वसाधारणहरुले मानवता विरोधी कार्यको आरोप लगाउँदै अन्तराष्ट्रिय न्यायालयमा मुद्दा हालेका छन् ।

२०१६ मा राष्ट्रपति निर्वाचित भएदेखि नै उनले ड्रग्स लगायतका अपराध विरुद्ध नयाँ अभियान सुरु गरेका थिए । त्यस अन्तर्गत ड्रग्सको कारोबारमा संलग्न हजारौँ अपराधी पुलिसको हातबाट मारिएका हुन् ।

तिनै मृतकका आफन्तले अहिले उनी विरुद्ध मानव अधिकार उल्लंघनको मुद्दा हालेका हुन् । देशभित्रका अदालतले यस विषयमा कुनै कारबाही अघि बढाउन नसक्ने भएपछि आफन्तहरु अन्तराष्ट्रिय अपराधिक न्यायालय धाउन बाध्य भएको जनाइएको छ ।

उनीविरुद्ध ५० पेज लामो उजुरी दर्ता गरिएपछि उनलाई पनि ईमेल मार्फत यसबारे जानकारी गराइसकेको बताइएको छ । उनीहरुलाई अहिले विभिन्न गैरसरकारी संस्थाहरुले पनि समर्थन गरिरहेको बताइएको छ ।

तर उता रोड्रिगोको कार्यालयले भने यस्ता सबै प्रयासहरु उनका सामु विफल हुने बताइरहेको छ ।

पुलिसले सार्वजनिक गरेको आधिकारिक जानकारीका अनुसार हालसम्म यसमा ४५०० भन्दा बढी अपराधीहरुको मृत्यु भइसकेको छ । रोड्रिगोको यस्तो नीतिप्रति अन्तर्राष्ट्रिय मानव अधिकारवादी कार्यकर्ताहरुले पनि लामो समयदेखि आपत्ति जनाउँदै आएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *