डिसाबिलिटी एड इभिनिङका लागि सिजन गुरुङ्ग बेलायतमा

लण्डन, भाद्र १३ । नेपाल तरुण दल सुनसरीका अध्यक्ष एबम समाजसेबी सिजन गुरुङ्ग आगामी सेप्टेम्बर १ तारिख शनिबार एनआरएन युकेको आयोजनामा हुन लागेको ‘डिसाबिलिटी एड इभिनिङ ‘युके च्यारिटी कार्यक्रममा सहभागी हुन लन्डन पुगेका छन् ।

शनिबार अल्डरसटको एम्पायर हलमा आयोजना हुने कार्यक्रमका लागि अध्यक्ष एवं समाज सेवी सिजन गुरुङ्ग गरिमामय बिशेष आतिथ्यताका लागि मंगलबार सांझ लण्डन उत्रिएका हुन् ।

एनआरएन यूकेका उपाध्यक्ष तथा च्यारिटी बिभाग संयोजक प्रेम गाहा मगर तथा महासचिब आर के त्रिपाठी, नेप्लिज युथ यूकेका अध्यक्ष धिरज राई, देब गुरुङ्ग, फाेल्क्स्टनबाट कुमार थापा, गजेन्द्र गुरुङ्ग, पवावन राई, धिरज राई, एन्डी राई, प्रीतम राई, नबिन थापा र नबिन राई त्यसै गरि रेडिङ्गबाट किशन गुरुङ्ग, पुजन थापा, मधु घिमिरे र आयुश महर्जन लगायत करिब एक दर्जन युवाहरुले उनलाई स्वागत गर्न विमानस्थलमै पुगेका थिए ।

 कार्यक्रमका लागि लण्डन गएका समाजसेवी गुरुङ्ग उत्साहित थिए । नेपालमा पािन समाजसेवा र राजनीतिमा सक्रिय गुरुङ्गले आफू यस्तो एतिहासिक च्यारिटी कार्यक्रममा सहभागी पाएकोमा खुशी ब्यक्त गर्दै भने–‘समाजका लागि आफ्नो क्षेत्रबाट केहि गर्न मलाई खुशी लाग्छ, प्रवासमा रहेर यहाँहरुले नेपाल र नेपाली प्रति देखाउनु भएको माया उदाहरणीय छ ।’ उनले भने ।

लण्डनको विमानस्थलमा उत्रिने वित्तिकै पाएको न्यायो स्वागत पछि सिजनले सेप्टेम्बर १ को कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह पनि गरेका थिए । उक्त कार्यक्रममा सहभागी हुन एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना पनि लन्डन आई सकेकी छन् ।

च्यारिटी कार्यक्रमका लागि तयारी लगभग पूरा भएको एनआरएन युकेका उपाध्यक्ष तथा च्यारिटी बिभाग संयोजक प्रेम गाहा मगर र महासचिब आर के त्रिपाठीले बताए ।

उक्त कार्यक्रममा कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी, नेत्र राना र शिव थजाली, कुशल नृत्यांगना तथा मिसेस यूके नेपालकी एक विजेता अमृता गिरी लगायतले आफ्ना विशेष प्रस्तुति पेश गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *