लाइन्स क्लब अफ चन्द्रागिरीको सपथ ग्रहण समारोह सम्पन्न


“
काठमाडौँ, भदौ १३ । लाइन्स क्लब अफ चन्द्रागिरीको पदभार हस्तान्तरण तथा सपथग्रहण समारोह सम्पन्न भएको छ ।
डिस्ट्रिक ए वान ३२५ अन्तर्गत काठमाडौंको चन्द्रागिरीमा सम्पन्न भएको लायन्स क्लब अफ चन्द्रागिरीको एक कार्यक्रमका बीच पदभार हस्तान्तरण तथा सपथग्रहण समारोह सम्पन्न भएको हो ।
लायन्स क्लब अफ चन्द्रागिरीमा रेशम दवाडीको अध्यक्षतामा १६ सदस्य कार्यसमिति समेत चयन गरिएको छ ।
पदभार हस्तान्तरण तथा सपथग्रहण समाहरोमा बोल्दै प्रदेश नम्बर ३ की पर्यटन, उधोग, वन तथा वातावरण सभापति रमा आले मगरले सामाजिक, आर्थिक रूपान्तरणमा लायन्स क्लब अफ चन्द्रागिरिको भुमिका अतुलनीय हुने विश्वास व्यक्त गरिन् ।
त्यस्तै प्रदेश नम्बर ३ का प्रदेश सांसद पुकार महर्जनले समाजको विकासको गतिलाई सामाजिक तवरबाट सबैले हातेमालो गरेको खण्डमा समाज उन्नतिको बाटोमा लम्कने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश ३ का सांसद वेली माया घलेले मानविय सेवामा संघ संस्थाको भुमिका अतुलनीय हुने हुँदा चन्द्रागिरिको, आर्थिक, सामाजिक विकासमा सवालमा सबै एक ठाउँमा आउनु पर्ने चर्चा गरिन् ।
चन्द्रागिरिका मेयर घनश्याम गिरीले चन्द्रागिरिको समग्र विकासका लागि आफु मेयर हुनु पुर्व लायन्स क्लब स्थापना गरेको समझदै आफु लायन्स हुँदा हुँदै पनि समय र परिस्थितिले गर्दा अरूलाई हस्तान्तरण गरेको बताए । लायन्स क्लबलाई नगरपालिकाले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लायन्स क्लब अफ चन्द्रागिरिको निवर्तमान अध्यक्ष मनमाया गिरीले आफ्नो कार्यकालमा स्वास्थ, शिक्षा, रोजगार लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको र महिला, बालबालिकाको सवालमा सशक्तीकरणमा योगदान पुर्याई समृद्ध नगर बनाउने अभियानमा लागेको बताइन् ।
लायन्स क्लब अफ काठमाडौँका गभर्नर लायन अन्नत भेट्वालले नव अध्यक्ष रेशम दवाडीलाई ज्यावल हस्तान्तरण गर्दै आगामी दिनमा लायन्स क्लब अफ चन्द्रागिरिको भुमिका थप सशक्त र प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको धारणा राखे ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ चन्द्रागिरिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र विक्रम बाँनियाले लायन्स क्लबको विधि, सिद्धान्त र मर्ममा रहि चन्द्रागिरिका स्थानीयवासीको लागि एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने चाहाना भएको बताए । उनले समृद्ध नगर निमार्णमा कसैले रोकावट गर्छ भने त्यस्ता विकास विरोधी कसैसँग समझौता गर्न नसकिने उनको तर्क थियो ।
“
