भुटानका प्रधानन्यायाधीश छिरिङ बिहानै आइपुगे काठमाडौं

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ १३ । बिहीबार र शुक्रबार काठमाडौंमा हुन लागेको बिमस्टेक सम्मेलनमा सहभागी हुन विशिष्ट पाहुना आउनेक्रम जारी छ ।
मंगलबार म्यानमारका राष्ट्रपति विन मिन्ट आइपुगेका थिए भने बुधबार बिहानै भुटानका छिरिङ वानचुक आइपुगेका छन् । उनी भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकारसमेत हुन् ।
सन् २०१४ देखि प्रधानन्यायाधीशको रुपमा रहेका वानचुक भुटानको तल्लो सदन विघटन भएसँगै अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त भएका थिए ।
उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित