एसिया कप क्रिकेट : ओमानविरुद्ध ब्याटिङ् गर्दै नेपाल

“काठमाडौँ, भदौ १३ । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानविरुद्ध ब्याटिङ गर्दैछ। टस हारे पछि नेपाललाई ओमानले ब्याटिङको निम्तो दिएको हो।

यसअघि नेपालले ओमानसँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ ।

पहिलो छनोट खेलमा नेपाल र ओमान दुवै देश आ—आफ्नो जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

ओमानसँग नेपालको पहिलो भेट सन् २००२ जुलाई १२ मा एसीसी ट्रफीमा भएको थियो । जसमा नेपाल १०५ रनले विजयी भएको थियो ।

नेपाल र ओमानको भेट अन्तिम पटक सन् २०१८ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । उक्त खेलमा ओमान ६ विकेटले विजयी भएको थियो ।

सुरुका तीन खेल लगातार जितेको नेपाल पछिल्ला वर्षहरुमाओमान भन्दा कमजोर देखिएको छ । बुधबारको खेल जित्दै दुवै टिम एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *