विमस्टेक : घोषणा पत्रलाई अन्तिम रुप दिन मन्त्रीस्तरीय बैठक बस्दै

“काठमाडौँ, भदौ १३ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९विमस्टेक० को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्रमन्त्रीस्तरीय बैठक हुँदैछ ।
आज बस्ने मन्त्रीस्तरीय बैठकमा सम्मेलनका एजेण्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा सबै सदस्य देशका परराष्ट्ररविदेशमन्त्रीको सहभागिता रहेको छ।
विमस्टेकको चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ ।
सुरुमा बैठकको अध्यक्षता चयन र बैठकका एजेण्डाहरुलाई अंगिकार गर्दै सुरु हुने छ । बैठकको सुरुमा परराष्ट्रमन्त्री ज्ञवालीले स्वागत मन्तव्य राख्ने र त्यसपछि नेपालसहित सबै सदस्य राष्ट्रका सहभागि डेलिगेट्सहरु ९मन्त्री०हरुले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
त्यस्तै बैठकमा विम्स्टेकका महासचिवले आफ्नो प्रतिवेदन पेश गर्ने छन्। बैठकमा नेपालको तर्फबाट विम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले व्रिफिङ गर्ने छन्।
लगत्तै मंगलबार सम्पन्न उच्च अधिकारीको १९ औँ बैठकको प्रतिवेदनलाई राखिने छ। बैठकले विमस्टेक महासभा र समझदारीपत्रलाई हस्ताक्षरका लागि अन्तिम रुप दिने छ।
बैठकको अर्को एजेण्डा विमस्टेकको काठमाडौँ घोषणापत्रलाई अन्तिम रुप दिनु हुने छ । बैठकले चौथो विमस्टेक शिखर सम्मेलनका क्रममा जारी हुने काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिने जनाइएको छ ।
बैठकले विमस्टेकको अघिल्ला मन्त्रिस्तरीय बैठकका प्रतिवेदनलाई अंगिकार गर्ने छ । साथै विमस्टेकको आगामी मन्त्रिस्तरीय बैठकका लागि अध्यक्षता हस्तान्तरण गर्ने छ।”








