उपत्यकामा भोली र पर्सी २ दिन विद्यालय विदा

काठमाडौं, भाद्र १३ । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमन व्यवस्थित र सहज बनाउन सरकारले भोली र पर्सी उपत्यकाका शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको सुरक्षा महाशाखाको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा आउने पाहुनाको सहज आवागमन र सुरक्षाका लागि भन्दै भाद्र १४ र १५ गते विद्यालय बिदा दिने निर्णय गरेको हो । विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयले सिफारिश गरेको छ ।

बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णय गरेको छ ।

बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *