राजविराजमा फेला पर्याे दुर्लभ वन्यजन्तु सालक

२०७४ जेठ १५ गते

“
राजविराज, भदौ १२ । सप्तरी अग्निसाई कृष्णासवरण गाउँपालिका–१ स्थित जण्डौलमा दुर्लभ वन्यजन्तु सालक फेला परेको छ । फेला परेको दुर्लभ तथा लोपोन्मुख सालकलाई कोशी टप्पु वन्यजन्तु आरक्षको जिम्मा लगाइएको छ ।
राष्ट्रिय वन क्षेत्रभित्र पर्ने महुली खोला नजिकैको वनतर्फ जाँदै गर्दा स्थानीय ललकु सदाले फेला पारेको जनावरलाई गाउँमा लगेको र गाउँलेले उक्त जनावर सालक रहेको थाहा पाएपछि नजिकको इलाका वन कार्यालय महुलीमा खबर गरेका थिए ।
प्राप्त सूचनाका आधारमा सो कार्यालयबाट खटिएको प्राविधिक सहितको टोलीले आवश्यक प्रक्रिया पुर्याइ सालकलाई कोशी टप्पु वन्यजन्तु आरक्षणको जिम्मा लगाइएको इलाका वन कार्यालय महुलीका प्रमुख कृष्णप्रसाद शिवाकोटीले जानकारी दिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित