बलात्कारीलाई फासीको माग गर्दै धरानमा र्‍याली

धरान, भदौ १२ । बलात्कारीलाई फासीको सजाय व्यवस्था गर्न माग गर्दै धरानमा विभिन्न संघ संस्थाहरुले विरोध र्‍याली निकालेका छन् ।

महिला हिंसा र बलात्कारका घट्ना दिनदिनै बढ्दै गएको भन्दै यसलाई निर्मुल पार्न कडा सजाय व्यवस्था गर्नु पर्ने उनीहरुको माग छ । सुनसरीको धरानमा महिला सञ्जाल धरान नगर समितिको अगुवाईमा विरोध र्‍याली निकालिएको हो ।

विरोध र्‍यालीमा धरानका विभिन्न सामाजिक संघसंस्था तथा विद्यालय र क्यामपसका विद्यार्थीहरु सहभागी थिए ।

विरोध र्‍यालीमा ‘अति भो अत्याचार, धेरै भो बलात्कार, हाम्रो युद्ध महिला हिंसा विरुद्ध, बलात्कारीलाई संरक्षण गर्ने मतियार हो, झमक बस्नेतलाई तुरुन्त गिरफ्तार गर, हाम्रो शान्ति सुरक्षा कस्ले गर्ने, प्रहरी तपाईको साथी हावा कुरा माथि माथि, महिला हिंसा कहिले सम्म ? चुपचाप बस्छौ जहिले सम्म, चतरा घाटले के भन्छ ? बलात्कारी ले भन्छ’ जस्ता प्ले कार्ड तथा नारा लगाएका थिए । धरान १२ चतरा पब्लिक उच्च माविको खेल मैदानबाट सुरु भएको र्‍याली छाताचौक महेन्द्र पथ हुँदै भानुचौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राई, कोपीला भट्टराई लगायत, विद्यार्थीहरुका प्रतिनिधी तथा विद्यालयका शिक्षकहरुले समेत सम्बोधन गरेका थिए ।

महिला हिसां दिनप्रति दिन बढेको प्रति चिन्ता व्यक्त गर्दै बलात्कारीलाई हदैसम्मको कारबाही हुनु पर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =