न्याम्सको उपकुलपतिमा कसलाई छान्लान् उपेन्द्रले ? यी हुन् २२ दाबेदार

काठमाडौं, भदौ १२ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि २२ जनाले आवेदन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन मागेपछि निवर्तमान उपकुलपति डा. गणेश गुरुङसहित २२ जनाले आवेदन दिएका हुन् ।

दोहोर्‍याएर आवेदन दिएका गुरुङले आफू पनि योग्य भएकाले आवेदन दिएको बताए । उनले भने, ‘मैले सुरु गरेका धेरै योजनाहरु अधुरै छन् । म भएँ भने मेरो योजना अनुसार काम गर्छु बुझेको छु । अरु भए पनि नराम्रो त भन्दिन तर उनीहरुलाई बुझ्न समय लाग्छ र योजना अनुसार काम नहुन सक्छ ।’

सबैले इच्छा राख्न सक्ने भएकाले क्राइटएरिया पुगेकाले आवेदन दिन सक्ने भएकाले प्रतिस्पर्धी धेरै हुँदा अन्यथा लिन नहुने गुरुङको भनाई छ । आफूले जग्गा जमिन ल्याएर विश्व विद्यालय बनाउन काम अगाडी बढाएको र निर्माणका अधुरा काम सक्नका लागि आवेदन दिएको उनको भनाई छ ।

आफूले राम्रो काम गरेपनि केही व्यक्तिले स्वार्थ राखेर विवादमा तान्न खोजेको गुनासो गरेका छन् । आफूले प्रस्ट रुपमा योजना सार्बजानिक गरेकाले त्यो अनुसार काम गर्ने अवसर नदिए पनि गुनासो नरहने गुरुङले बताए ।

उपकुलपति छनोटका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ । समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य रहेका छन् ।

समितिले छनोट गरेका नामका आधारमा प्रतिष्ठानको सहकुलपति समेत रहेका मन्त्री यादवले उपकुलपति नियुक्तीका लागि कुलपति तथा प्रधानमन्त्रीलाई सिफारिस गर्नेछन् । सोही आधारमा प्रधामनमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन् ।

कसलाई रोज्लान् उपेन्द्रले यी हुन् २२ प्रतिस्पर्धी

१) प्रा.डा. गणेशबहादुर गुरुङ्ग

२) प्रा.डा. सिताराम चौधरी

३) प्रा.डा. स्वयं प्रकाश पण्डित

४) प्रा.डा. अनिल कुमार मिश्र

५) डा. पियुष दाहाल

६) प्रा.डा. श्रीकृष्ण गिरी

७) प्रा.डा. बुलन्द थापा

८) प्रा.डा. गेहनाथ बराल

९) डा. राम परिक्षण यादव

१०) प्रा.डा. किरण मानन्धर

११) प्रा.डा. विधाननिधि पौडेल

१२) प्रा.डा. रमिला श्रेष्ठ

१३) प्रा. डा. विजय कुमार शर्मा

१४) प्रा.डा. यहुनचन्द्र शिवाकोटी

१५) डा. विश्वनाथ यादव

१६) डा. देवनारायण शाह

१७) प्रा.डा ढुण्डिराज पौडेल

१८ प्रा. डा. अजित रायमाझी

१९) प्रा.डा. जागेश्वर गौतम

२०) प्रा.डा. रेवती रमणजी मल्ल

२१) डा. पुकार चन्द्र श्रेष्ठ

२२) डा. भोलाराम श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =