प्राइम कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा गठ्ठाघरमा

काठमाडौँ, भदौ १२ । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । प्राइम बैंकले मध्यपुर थिमि नगरपालिकामा नयाँ शाखा विस्तार गरेको हो ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज (मंगलबार) एक समारोहका बीच बैंकका सञ्चालक समितिका सदस्य उत्तम नारायण श्रेष्ठले शाखा कार्यालय गठ्ठाघरको उद्घाटन गरेका हुन् ।

यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको सञ्जाल विस्तार गर्दै लाने तथा ग्राहकहरुमा आफ्नो सेवा दिन अग्रसर रहने प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने नायब महाप्रबन्धक भाइराजा तुलाधरले जानकारी दिए ।

यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *