विषयगत समिति सभापतिमा तीन जनाको मनोनयन, सुशासन समिति रिक्त

काठमाडौँ, भदौ १२ । राष्ट्रियसभाका तीनवटा समितिको सभापतिका लागि मनोनयन परेको छ । राष्ट्रियसभाका विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिको लागि मनोनयन परेको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायक समितिमा पर्शुराम मेघी गुरुङ र प्रत्यायोजित विधायकमा रामनारायण बिडारीको उम्मेदवारी दर्ता भएको हो ।

राष्ट्रियसभाका ४ वटा विषयगत समितिको सभापति चयन हुने भनिएतापनि दिगो विकास तथा सुशासन समितिमा भने कसैको उम्मेद्वारी परेको छैन ।

विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दर्ता भएको उम्मेदवारी नेकपाबाट भएको हो ।

अन्तिम समयमा दिगो विकास समिति प्रतिपक्षी दल काङ्ग्रेसलाई दिने सहमति भएको छ । त्यसमा काङ्ग्रेसका तर्फबाट तारादेवी भट्टको सम्भावना रहेको छ । उनी अहिले राष्ट्रिय सरोकार समितीको सदस्य भएकाले उम्मेदवारी दर्ता हुन नसकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *