बरु त्यत्तिकै बसिन्छ राज्यमन्त्री खाइदैन

काठमाडौं, साउन ११ । राष्ट्रपति कार्यलयले नयाँ मन्त्रीहरुलाई स्वागत गर्न आत्तुर भइसक्दा नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले राज्यमन्त्री नबन्ने भन्दै चिढिएका छन् ।

‘केही दिन अघि पार्टीले तिमीलाई मन्त्री दिने हो भनेको थियो तर आज एकाएक राज्यमन्त्रीमा बस्नुस् है भनेपछि मैले त्यो प्रस्ताव अस्विकार गरेको हुँ’ उनले भने । पार्टीले उनीसँगै ६ मन्त्रीहरुको नाम पठाउने अन्तिम तयारी अवस्थामा उनले त्यो प्रस्ताव अस्विकार गरेका हुन् । बरु त्यत्तिकै बसिन्छ राज्यमन्त्री खाइदैन भन्दै उनले राज्यमन्त्री पद अस्विकार गरेका थिए ।

यता, कांग्रेसमा भने अहिलेसम्म मन्त्रीहरुको चयन टुंगो नलागेको बताइपनि विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले दुई मन्त्रीको नाम बुझाइसकेको जनाइएको छ ।फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहिलको नाम बुझाएको स्रोतले बतायो । देव र दहित प्रचण्ड सरकारमा पनि मन्त्री भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =