एसियाड भलिबल : नेपालको उत्कृष्ठ पुनरागमन, मंगोलिया पराजित

“काठमाडौँ, भदौ १२ । एसियन गेम्स (एसियाड) मा नेपालको पुरुष भलिबल टोलीले पहिलो जित हात पारेको छ । इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत १३औँ–१८औँ पोसिजनको लागि भएको क्वाटरफाइनलमा नेपालले मंगोलियालाई ३–१ सेटमा पराजित गरेको हो ।
३२ वर्षपछि एसियाड खेलेको नेपाली पुरुष भलिबल टोलीले मंगोलियालाई हराएको हो।
पहिलो सेट टाइब्रेकरमा २८–२६ ले गुमाएपनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो । नेपालले दोस्रो सेट सहजै २५–१६ ले जित्दै खेल १–१ को बराबरी गर्यो ।
तेस्रो सेटमा भने नेपाल सुरुदेखि नै पछि परेको थियो । तर अन्तिमा टाइब्रेकरसम्म पुग्यो र नेपालले ३०–२८ ले जित्दै २–१ को अग्रता लियो । तेस्रो सेट नेपालले २५–२० ले जित्दै एसियाडको इतिहासमा पहिलो खेल जितेको हो।
नेपालले अब १३औँ–१६औँ पोजिसनको लागि हुने सेमिफाइनलमा दक्षिण एसियाली राष्ट्र श्रीलंकासँग खेल्नेछ । एसियाडको पुल डी मा रहेको नेपालले यसअघि चाइनिज ताइपेई र दक्षिण कोरियासँग ३–० को हार बेहोरेको थियो ।
“








