नक्कली नेपाली नोटसहित भारतबाट एक नेपाली पक्राउ

काठमाडौं, भदौ १२ । नक्कली नोटसहित भारतबाट एक नेपाली पक्राउ परेका छन् । भारतीय प्रहरीले ८ लाख नक्कली नेपाली नोटसहित एक नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ५६ वर्षीय मनोज आचार्य रहेका छन् । उनलाई भारतीय प्रहरीले भारतको सिलगुढीस्थित नक्सालबारीबाट पक्राउ गरेको हो ।

जाली नोट र पक्राउ परेका व्यक्तिलाई एसएसबीले नक्सलबारी प्रहरीलाई सुम्पेको जनाएको छ । उनलाई गोप्य सूचनाको आधारमा नक्कली नोटसहित पक्राउ गरिएको हो ।

आरोपी आचार्यबाट बरामद गरिएको नेपाली रूपैयाँ नेपाल प्रहरीबाट जाँच गराउँदा जाली रहेको थाहा भएको थियो । बरामद नोट सबै एक हजार रूपैयाँको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *