त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश निषेध

काठमाडौँ, भदौ १२ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई यात्रुबाहेकलाई प्रवेश निषेध गरिएको छ ।

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका पाहुनाका लागि आगमन सहज बनाउन र उनीहरुको सुरक्षा व्यवस्था कडा पार्न प्रशासनले हवाइ यात्रुबाहेक अन्यलाई प्रवेश निषेध गरेको हो ।

सम्मेलनलाई मध्यनजर गर्दै विमानस्थल प्रशासनले प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै सुरक्षा जाँचको व्यवस्था मिलाएको छ ।

विमानस्थल प्रशासनले विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथीभाइ लिएर नआउन आग्रह गरेको हो । एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयोगी मात्र भित्र लिएर जान सक्नेछन् ।

अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०/१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न निषेध गरिएको छ भने निजी सवारी लिएर जानेले पनि यात्रु छोडेर सिधै फर्किनुपर्ने व्यवस्था छ ।

विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =