साझा र विवेकशिल मिले, स्टकोट फुकालियो

काठमाडौं, साउन ११ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमै मिलेर जाने अनेकै प्रयास गरिएपनि त्यसो सम्भव हुन सकेको थिएन । तर,आज बुधबार विवेकशील नेपाली पार्टी र साझा पार्टीबीचको एकता भएको छ । चुनाव चिन्ह् भने रवीन्द्र मिश्रले सम्हाल्दै आएका साझा पार्टीको तराजु नै राखिएको छ ।

नयाँ पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । नयाँ पार्टीलाई रवीन्द्र मिश्र र उज्ववल थापाले नेतृत्व गर्ने भएका छन् । पार्टीभित्र दुबैले सहसंयोजक पदमा बसेर काम गर्ने बताइएको छ ।

एकता घोषणा कार्यक्रममा सहसंयोजक मिश्रले अहिलेका नेताहरु लडाई लडेको र उनीहरुको योगदानको कदर गर्ने तर, देशको सम्बृद्धिको नेतृत्व गर्न नसक्ने बताउँदै नयाँ पूस्ताको खाँचो औँल्याए ।

काठमाडौं महानगरले मुहार फेर्ने मौका पाएपनि गुमेको जानकारी गराउँदै मिश्रले अब नयाँ पार्टीको एकीकरणपश्चात् देशले मुहार फेर्ने मौकासमेत बताए । नयाँ पार्टीको केन्द्रीय समितिमा ५१ सदस्यीय चयनसँगै छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *