बुुधबारबाट तीन दिन गाडी चलाउन यस्तो छ नियम

काठमाडौं, भदौ १२ । बिमस्टेक सम्मेलनभरी गाडी चलाउन सरकारले जोर बिजोरको नियम लगाउने भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका कराण तीन दिन यो नियम लगाउन लागिएको हो ।

काठमाडौं उपत्यकामा गाडी र मोटरसाइकल जोर बिजोर नम्बरका आधारमा मात्र चल्न पाउने छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार भोलि र १५ गते बिजोर नम्बर भएका गाडी मात्रै चल्न पाउने छन् । बिहिबार जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् ।

बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू हुने महाशाखाले जनाएको छ ।

अन्तिमका २ अंकका आधारमा जोर र बिजोर गणना हुनेछ । बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *