कमला नदीमा बेपत्ता भएका दुई बालकको शव फेला

२०७४ जेठ १५ गते

“सिरहा, भदौ १२ । कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। सिरहाको गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र १४ वर्षीय राहुल राउतको सोमबार शव फेला परेको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा महराको शव भारतीय सीमा क्षेत्रको बजार जयनगर नजिक तथा राउतको शव कर्जन्हा नगरपालिका–७ कमला नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला परेको थियो। सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका थिए ।
चार जना कमला नदीको जल भर्ने क्रममा डुबेका थिए । एक बालकलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित