बिप्लवका नाममा नेपालविरुद्ध खतरा षड्यन्त्र हुँदैछ–प्रधानमन्त्री ओली

“काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपा खतराको रुपमा देखा पर्न थालेको बताएका छन् । सोमबार बालुवाटारमा केही सम्पादकसँगको भेटमा प्रधानमन्त्री ओलीले तत्कालिन प्रचण्ड नेतृत्वको माओवादीको व्यवहार र अहिलेको विप्लव नेतृत्वको नेकपाको व्यबाहार उस्तै रहेको टिप्पणी गरेका हुन् ।

विप्लव नेतृत्वको पार्टीले विगतमा माओवादीले जस्तै आतंककारी गतिविधि गरिरहेको टिप्पणी गरेका छन् ।

शान्तिपूर्ण राजनीतिका नाममा मुलुक विखण्डनका लागि भौगोलिक अखण्डताविरुद्ध काम गर्ने र म्यादी प्रहरी मार्ने, विभिन्न पार्टीका नेता सवार गाडीमा बम हान्ने, दलका कार्यकर्ताको खुट्टा काट्ने कामलाई उनले विगतको माओवादी जस्तै भएको बताए ।

विगतमा माओवादीले बाहिर राजतन्त्रविरुद्ध युद्धको कुरा गरे पनि भित्रभित्रै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेको आरोप लगाउँदै अहिले पनि कांग्रेस र विप्लपबीच समेत त्यस्तै साँठगाँठ भएको आसंका गरेका छन् ।

उनले विप्लवको विदेशी शक्तिसँग मिलेमतो रहेको पनि आरोप लगाएका छन् । उनले विगतमा राष्ट्रलाई शान्त रहन नदिन अनेक प्रकारका द्वन्द्वका ठूल्ठूला टुसा पलाएर पात हालिसकेको भए पनि साम्य भएको र त्यस्ता तत्व किनारा लागेको बताए । उनले विप्लवप्रति संकेत गर्दै राजनीतिक पार्टीको आवरणमा हत्या, हिंसाजस्ता आतंककारी गतिविधि नगर्न चेतावनी दिए ।

उनले विप्लवको पहुँच डरलाग्दो रहेको समेत संकेत गरे । यीनको पहुँच डरलाग्दो भएको र नेपालविरुद्ध विभिन्न शक्तिले डरलाग्दो षड्यन्त्र भइरहेको सम्पादकसँगको छलफलमा बताएका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *