मोरिन्होको टिम म्यानचेस्टर घरेलुु मैदानमै टोटनह्यामसँग हार्यो

२०७४ जेठ १५ गते

“भदौ १२ । जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा खराब प्रदर्शन गरेको छ । सोमबार राति भएको तेस्रो खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलार्य ३–० ले पराजित गरेको हो ।
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडले खराब हार बेहोरेको छ । पहिलो हाफमा गोलरहित भए पनि दोस्रो हाफमा टोटनह्यामले गोल बर्साएको हो ।
टोटनह्यामको जितमा लुकास मोउराले दुई र ह्यारी केनले एक गोल गरे । ५० औँ मिनेटमा केनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मोउराले गोल गर्दै अग्रता दोब्बर पारे । ८४ औँ मिनेटमा मोउराले टिमलाई ३–० को जीत दिलाए ।
ब्राइटनसँग पराजित भएको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो हार बेहोर्यो । टोटनह्यामले भने लिगमा लगातार तेस्रो जित निकाल्दै ९ अंकसहित दोस्रो स्थानमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित