मंगलबार विदेशी मुद्राको सटहीदर कुन देशको कति ?

“काठमाडौँ, भदौ १२ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकन डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९६ पैसा र बिक्रिदर १ सय १२ रुपैयाँ ५६पैसा रहेको छ । युरापियन युरो एकको खरिददर १ सय ३० रुपैयाँ १० पैसा र बिक्रिदर १ सय ३० रुपैयाँ ८० पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८१ रुपैयाँ ९१ पैसा र बिक्रिदर ८२ रुपैयाँ ३५ पैसा रहेको छ । जापनिज यन एकको खरिददर १० रुपैयाँ ८ पैसा र बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।
एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ १ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ५ पैसा तो६किएको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ६ पैसा र बिक्रिदर १० रुपैयाँ ११ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ६२ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ७९ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सबै हेर्नुहोस्
“








