धरानमा तीज उत्सव २०७५ आयोजना हुने

धरान भदौ ११ । हरीतालिका तिजको अवसरमा धरानमा ‘पिपल सप तीज उत्सव २०७५’ को आयोजना हुने भएको छ ।

यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी यही भदौ १८ मा हुने महोत्सवमा तीज उत्सव गर्न लागिएको आयोजक पिपुल सपले जानकारी दिएको हो । महोत्सवबाट संकलित रकमले धरानका मृगौला पीडित पत्रकार तथा रंगकर्मी प्रविण राईलाई सहयोग गरिने पिपुल सपकी प्रोपाइटर कबिता लिम्बुले जानकारी दिइन् ।

‘कार्याक्रमले समाजमा महिला हिंसामा कमी, महिला सशक्तिकरण समेत गर्ने आशा राखेका छौं ।’ लिम्बुले भनिन् ।

उत्सव सौन्दर्यकला ब्यवसायी संघ धरानलायन्स क्लब अफ धरान बुढासुब्बाको सह आयोजना तथा पिपुल सब धरान ९ को मुख्य आयोजनामा हुनेछ । कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका साथै स्थानीय कलाकारको प्रस्तुती समेत रहनेछ ।

उत्सव धरानको गोर्खा ब्याङ्केट हलमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *