सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा छ – सभापति देउवा

काठमाडौँ, भदौ ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरेको आरोप लगाएका छन् ।

केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘स्वतन्त्र न्यायापालिका, प्रेस, सुरक्षा अंगहरु सबै माथि सरकारले नियन्त्रण गरिरहेको छ, यो सत्ता कब्जा गर्ने उद्देश्यले गरिएको हो।

कञ्चनपुरमा बलात्कार गर्नेलाई राजनीतिक संरक्षण गर्न खोजिएको उनको भनाइ छ ।

सभापति देउवाले कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउनुपर्ने बताउँदै पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको उल्लेख गरे । ‘संविधानले तीनवटै तहले सरकारले कर अधिकार दिएको छ, ध्यान दिएर मात्रै कर उठाउनुहोला ।’ सभापति देउवाले भने ।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख तथा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *