बिहिबार अढाई घण्टा विमानस्थल बन्द हुने

काठमाडौँ, भदौ ११ । बिहिबार अढाई घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गरिने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।

सम्मेलनमा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष आउँदा विमानस्थलका अरु नियमित उडान बन्द हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

बिहिबार बिहान ८ बजेदेखि साढे १० बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुनेछ । यो समयमा उडान भर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय कम्पनीलाई आइतबार अढाइ घण्टाको लागि उडान अवतरण निषेध गर्न पत्राचार गरिसकेको छ ।

बुधबार श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ गते काठमाडौं आउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 1 =