तुलसीपुर उपमहानगरपालिकामा स्थापना गरियो स्तनपान कक्ष

२०७४ जेठ १५ गते

“
दाङ, भदौ ११ । तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरे । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ ।
रु दुई लाखको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनको लागि पलङसहितको बेड, बस्नको लागि सोफा राखिएको छ ।
उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना स्मार्टसिटीको रुपमा विकास गर्न थप मद्दत मिल्ने छ भने । त्यस अवसरमा १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यानो कपडा र झोला वितरण गरिएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित