प्रधानमन्त्री ओलीलाई बधाइको ओइरो: पाकिस्तान र भारतबाट आयो यस्तो शुभकामना
२०७४ जेठ १५ गते

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रतिनिधिले बधाइ दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुक पाकिस्तानले बधाई तथा शुभकामना सन्देश पठाएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, पाकिस्तान विश्वस्त छ अब नेपालको आर्थिक विकास र समृद्धिमा अघि बढ्नेछ, पाकिस्तान नयाँ नेतृत्वसँग अझ निकट र मित्रवत् सम्बन्ध बढाउन चाहन्छ ।
सार्क सचिवालयले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना व्यक्त गरको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका छन् ।
यसैबीच, ओलीलाई शुक्रबार बधाई तथा शुभकामना दिन भक्तपुरको बालकोटस्थित उनको निजी निवासमा आउनेको भिड लागेको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








