इंग्लिस प्रिमियर लिगः आत्मघाती गोलले दिलायो चेल्सीलाई जित

काठमाडौँ, भदौ ११ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले न्यूक्यासल यूनाइटेडलाई पराजित गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले न्युक्यासलाई २–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा चेल्सीबाट यस सिजनको पहिलो खेल खेलेका हाजार्डले ७६ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए।

८३ औँ मिनेटमा जोसेलुले न्युक्यासलका लागि बराबरी गोल फर्काए ।  ८७औँ मिनेटमा डेआन्द्रे येडलिनले आत्मघाती गोल गरेपछी चेल्सी विजयी भयो।

जितसंगै चेल्सीले ३ खेलबाट ९ अंक जोडेको छ । चेल्सी लिगको दोस्रो स्थानमा छ । समान ९ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । न्युकासलको मात्र एक अंक छ ।

इन्ग्लिश प्रिमियर लिग अन्तर्गत नै आइतबार वाट्फोर्डले क्रिष्टल प्यालेसले २–१ ले हराएको छ । यस्तै फुलहमले बर्नेलीलाई ४–२ ले हराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *