आज सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौँ, भदौ ११ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । बिशेष गरि हाईड्रो पावर, पानी तथा औषधिसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचेअनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण झन कसिलो भएर जानेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) काम गर्ने सवालमा शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपर्दा आफु कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपाईंको खुट्टा तान्नेहरु सक्रिय भएर लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुँदा चिताएको काम सम्पादन गर्न सकिने छैन । माया प्रेममा आफ्नो मायालुसँग दुरि बढ्ने योग रहेको छ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने विवादित विषयहरु तपाईंको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनितिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिने छ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैंक तथा वित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउँन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायिक यात्रा हुने भएपनि उपलब्धि भने न्युन हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथि सँग असमजदारि बढ्ने हुनाले कामहरु समयमा गर्न सकिनेछैन । व्यापार व्यापारमा लगानि गरेपनि आम्दानि कम हुने हुँदा दैनिकी चलाउन हम्मे हम्मे पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने तथा कामहरु प्रभावित हुनेछन् । अध्ययनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) साना तिना काममा समय व्यातित हुदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । बिवाद, झगडा तथा बावविवादमा सामेल नहुनुहो समय मध्ययम रहेको छ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेमम एक अर्कालाई बिश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले केहि दिनको लागि पछि सार्नु उपयूक्त हुनेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो आउने छैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुने हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपहार पाईने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुँने हुँदा सामाजिक पद प्रतिष्ठा पाईने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुसार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे धन लाभ हुनेछ भने माया प्रेममा सामिप्यता बढेर जाने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । विद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाई बिग्रने अधिक सम्भावना रहेको छ । यात्रा गर्ने अवसर आएपनि गन्तब्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा थप लगानि गर्ने वातावरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुन योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजमा बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिने छ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवश्यक्तोहरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुने तथा नतिजा तपार्इं आफ्नै पोल्टोमा पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरि देखिन्छ । समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *