दशैंका लागि आएनन् नयाँ गाडी


“
काठमाडौँ, भदौ १० । विगतका वर्षमा दशैंका बेला नयाँ गाडी ल्याउने व्यवसायीले भने यस वर्ष भने नयाँ बस ल्याउन सकेका छैनन् । सरकारले सिन्डीकेट तोडेपछि नयाँ बस ल्याउन नपाएको व्यवसायीहरु बताउँछन् ।
पोहोरसालसम्म दुई महिना अघिदेखि टिकट बुकिङ गर्ने निर्णय भइसक्ने नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
सरकारको यातायात समिति खारेज गर्ने निर्णयसँगै यातायात व्यवस्थापनदेखि बिमासम्मको ऋण लिने काम बन्द भएको उनी बताउँछन् । ‘दशैंको एक महिनाअघिदेखि त टिकट वितरण समेत सुरु गरिसक्थ्यौं ।’ उनले भने ।
सरकारले अहिलेसम्म व्यवसायीहरुसँग टिकट वितरणको लागि छलफल समेत गरेको छैन । आफूहरु अब टिकट वितरणमा चासो नराख्ने व्यवसायीहरु बताउँछन् ।
यातायात व्यवस्था विभागले गएको चैत १८ गते नयाँ कार्यविधि जारी गरेको थियो । त्यसपछि वैशाखको ४ गतेको मन्त्रीपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कम्पनीको नवीकरण पनि नगर्ने गरी नयाँ कम्पनी पनि दर्ता नगर्ने निर्णय गरेको थियो ।
कम्पनीको ढाँचामा मात्रै सार्वजनिक गाडी दर्ता हुनुपर्ने भन्दै सरकारले केही यातायात समितिका बैंक खाता पनि रोक्का गरिदिएको छ । त्यसको विरोधमा व्यवसायी आन्दोलनमा समेत उत्रिएका थिए । तर महासंघका महासचिव सहितका पदाधीकारीलाई नै पक्राउ गरेपछि आन्दोलन फिर्ता भएको थियो ।
यसले दशैंको समयमा भने थप समस्या पर्ने समस्या देखिएको छ ।
“
