कैलालीः सडकमा पशु–चौपाया बाँध्नाले दुर्घटना बढयो !

कैलाली, फागुन १० । कैलालीको लम्की चुहा नगरपालिकाका अधिकांश ग्रामिण सडकहरुमा स्थानीयले गाई, गोरु र भैंसी लगायतका पशुचौपायाहरु बाँधेर सडकलाई चौपाया बाध्ने स्थायी स्थान बनाउँदै आएका छन् । स्थानीयले आफ्नो घरको अगाडीको सडकमा घरपालुवा चौपाया बाँध्नाले दुर्घटना बढ्दै आएको छ ।

नगरपालिकाभित्र केहि महिनाअघि मात्र आवश्यकता अनुसार ३० फिट खनिएका बाटामा ग्राभेल भएको थियो । सडकको छेउमा चौपायाहरु बाँध्ने गरेकाले सडकमा खाल्डा पर्न थालेका छन् ।

स्थानीयहरु बिहान दिउँसो र राती सडकमा पशु चौपाया बाँधेर घाँस पनि सडकमै खुवाउने देखिएतापनि सडकमा आवतजावत गर्ने जनप्रतिनिधि मौन रहेका छन् ।

जन प्रतिनिधिमा पनि केही वडा सदस्यका चौपायाहरु पनि बाँध्ने गरेको पाइन्छ । यसरी सडकमै चौपाया बाँध्नाले सडकमा खाल्डा परी दुर्घटना बढ्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *