आज पनि नयाँ मन्त्रीहरुको अनुहार हेर्न नपाइने !

काठमाडौं, साउन ११ । आज साँझ चार बजेसम्म देउवा सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी थालीए पनि सम्भव हुन सकेको छैन । तर, राष्ट्रपति कार्यालय शितलनिवासले मन्त्रीहरुको शपथ कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपति कार्यलयले आज चार बजे मन्त्रीहरुलाई शपथ दिने बताएपनि कांग्रेसभित्र सरकारमा सहभागी हुने अन्तिम र आधिकारिक नामावली सार्वजनिक भएको छैन ।

राष्ट्रपति विद्या भण्डारीले उनीहरुलाई शपथ ग्रहण गर्ने जनाइएको छ । राष्ट्रपति कार्यालयले बताएअनुसार हिजो नै नयाँ मन्त्रीहरुको शपथ ग्रहण गर्ने कार्यतालिका तय गरिएपनि हुन सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । तर, कांग्रेसभित्रको विवादका कारण हिजो सपथ ग्रहण कार्यक्रम सम्पन्न हुन सकेन।

सत्तारुढ दल मन्त्रिमण्डलमा कांग्रेसले १३, माओवादी केन्द्रले ९, लोकतान्त्रिक फोरमले ३, नेकपा संयुक्तले १ मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुका बीचमा यसअघि नै भैसकेको छ। तर, कांग्रेसभित्रको विवादले अहिलेसम्म कस्लाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *