गौर आँखा अस्पतालमा व्यापक अनियमितता

साउन ११, राैतहट । गौर आँखा अस्पताल पुरेनवा दरबारमा व्यापक अनियमितता हुने गरेको छ । प्राप्त समाचार अनुसार गौर आँखा अस्पतालबाट खरिद हुने विभिन्न सामग्रीहरूको टेन्डर नै नगरी आर्थिक प्रलोभनमा परी खरिद हुने गरेको समाचार स्रोतले जनाएको छ ।

आ.व. २०७३/७४ मा सर्जिकल र अन्य सामग्री खरिदमा व्यापक अनियमितता भएको एक सर्जिकल सप्लायर्सले बताएका छन् । खरिद नियमावली अनुसार पत्रपत्रिकामा सूचना प्रकाशन गरी प्रतिस्पर्धामा सबभन्दा कम दररेट भएका सप्लायरबाट सामग्रीहरू खरिद गर्नुपर्ने नियम भएपनि नियम उल्लङ्घन गरी कर्मचारीको मिलोमतोमा व्यापक अनियमितता भएको बताइएको छ ।

यस सम्बन्धमा अस्पतालका लेखा प्रमुख पवन न्यौपानेसँग सम्पर्क गर्दा प्रत्येक वर्ष राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी कम दररेट भएका सप्लायर्सबाट सामग्री खरिद हुँदै आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *